कांग्रेसको महाधिवेशन अन्तरगत लमहीमा सन्तोष, राजपुरमा नरेन्द्र र गढवामा किरण निर्वाचित



कांग्रेसको महाधिवेशन अन्तरगत लमहीमा सन्तोष, राजपुरमा नरेन्द्र र गढवामा किरण निर्वाचित

देउखुरी ९ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका स्तरीय अधिबेशनको निर्वाचन सकिएको छ । लमही नगरपालिकामा युवा नेता सन्तोष बुढाथोकी निर्वाचित भएका छन । उनले अर्का प्रत्यासी शिब प्रसाद चौधरीलाई २१ मतले पराजित गरेका हुन ।

चौधरी निवर्तमान सभापति हुन । त्यस्तै उपसभापतिमा बिनोद खड्का र जग नारायण चौधरी निर्वाचित भएका छन । खड्काले ८३ मत र चौधरीले ७६ मत लिएका थिए । त्यसैगरी सचिवमा प्रेम कलाथोकी र कैलाश चौधरी निर्वाचित भएका छन ।

चौधरीले ८२ र कालाथोकीले ७९ मत प्राप्त गरेका थिए । सहसचिवमा खीम बहादुर योगी र हिमासु न्यौपाने निर्वाचित भएका छन । योगीले ८० र न्यौपानेले ८७ मत प्राप्त गरि बिजयी भएको मतदान अधिकृत प्रकाश डाङीले जानकारी दिए ।

राजपुर गाउँपालिकामा सभापतिका उम्मेदवार नरेन्द्र सिंह भण्डारी निर्वाचित भएका छन । भण्डारीले ६३ मत र बुढाथोकीले ४३ मत प्राप्त गरेका थिए । १ सय १३ मतदाता रहेको राजपुरमा सबै मत खसेको मतदान अधिकृत दुर्गा पाण्डेले जानकारी दिए ।

त्यस्तै उपसभापतिमा तीन जनाको प्रतिस्पर्धा थियो । अमृत खड्का ८७, आशाराम यादव ८२ मत लिएर उपसभापतिमा निर्वाचित भएका छन । अर्का उम्मेदवार मोहन गुप्ता पराजित भएका छन । गुप्ताले २४ मत लिएका छन ।

त्यस्तै गढवा गाउँपालिकाको सभापतिमा किरण पौडेल निर्वाचित भएका छन । सभापतिका अर्का प्रत्यासी कृष्ण राज पाण्डेले ८१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिबमा पुर्ण प्रसाद चौधरीले ९७ र पोषण राज न्यौपानेले ९१ मत प्राप्त गरि बिजयी भएका छन । राप्ती गाउँपालिकामा हिजै सहमति भैसकेको छ, त्यहाँ सभापतिमा विद्याशरण चौधरी गाउँपालिका सभापति बनेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे