कांग्रेस राप्तीको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण



कांग्रेस राप्तीको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण

भालुवाङ ९ असोज । नेपाली कांग्रेस राप्ती गाउँपालिकाको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापती विद्याशरण चौधरीले पार्टीलाई बलियो बनाएर लैजाने बताएका छन् । शनिवार राप्ती गाउँपालिका ३ मसुरीयामा नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण तथा प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभापती चौधरीले सो कुरा बताएका हुन् ।

त्यस्तै उनले गाउँपालिकाको ९ वटै वडामा पार्टी क्रियाशिल बनाउन प्रशिक्षण, अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको बताए । नेपाली कांग्रेसका सभापती दुर्योधन पाण्डेको अध्यक्षता एवम् महासमिति सदस्य तथा पुर्व सांसद सुशिला चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सभापती पाण्डेले नव निर्वाचित सभापती विद्याशरण चौधरीलाई पद हस्तान्तरण गरेका थिए भने नव निर्वाचित पदाधिकारीहरुलाई मतदान अधिकृत संजयकुमार केसीले प्रमाण पत्र प्रदान गरेका थिए ।

सो अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्यहरु नुमानन्द सुवेदी, लालमोहम्मद मियाँ, यशोदा चौधरी, पार्टीका जिल्ला सदस्य हरिप्रसाद भुसाल, पुर्व जिल्ला सदस्य महेन्द्र केसी, पार्टीका जेष्ठ सदस्य आत्माराम भट्टराई, पुर्व प्रध्यापक देवनारायण चौधरी, प्रजातान्त्रिक प्रध्यापक संघका जिल्ला सहसचिव विक्रान्त ज्ञवाली, पार्टीका राप्ती गाउँपालिका पुर्व उपसभापती युवराज न्यौपाने र मतदान अधिकृत संजयकुमार केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नवनिर्वाचित सभापती विद्याशरण चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव तिर्थराज ज्ञवालीले गरेका थिए । शुक्रवार सभापतिमा विद्याशरण चौधरी , उपसभापतिमा श्यामा रावत र गिरिराज भुषाल, सचिवमा तीर्थराज ज्ञवाली र चैन कुमार चौधरी, सहसचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की र अन्य सदस्यमा सर्वसम्मत चयन भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे