चीनले क्रिप्टाेकरेन्सीलाई अवैध घाेषित गर्‍याे



चीनले क्रिप्टाेकरेन्सीलाई अवैध घाेषित गर्‍याे

काठमाडाैँ ९ असाेज । चीनकाे केन्द्रीय बैंकले क्रिप्टाेकरेन्सीसँग जाेडिएकाे सबै काराेबारलाई अवैध घाेषित गरेकाे छ । केन्द्रीय बैंकले बिटक्वाइन जस्ता डिजिटल मुद्रामा प्रतिबन्ध लगाएकाे हाे ।  पिपल्स बैंक अफ चाइनले भनेकाे छ, भर्चुअल मुद्रासँग जाेडिएकाे काराेबार गतिविधि अवैध वित्तीय गतिविधि हाे । याे मानिसकाे सम्पत्तिकाे सुरक्षाका लागि गम्भीर खतरा हाे ।

चीन विश्वकाे सबैभन्दा ठूलाे क्रिप्टाेकरेन्सीकाे बजारमध्ये एक हाे ।  चीनमा क्रिप्टाेकरेन्सीमा आउने उतारचढावले प्राय क्रिप्टाेकरेन्सीकाे विश्वव्यापी मूल्यलाई प्रभावित गर्ने गरेकाे छ ।  चीनकाे याे घाेषणापछि बिटक्वाइनकाे मूल्य दुई हजार डलरभन्दा धेरैले घटेकाे छ ।    क्रिप्टाेकरेन्सीकाे व्यापार सन् २०१९ देखि चीनमा आधिकारिक रूपमा प्रतिबन्ध गरिएकाे छ तर अनलाइनमार्फत्‌ विदेशी विनिमय जारी रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे