दाङमा साेमबार संक्रमण पुष्टि हुने र संक्रमणमुक्त हुने बराबर



दाङमा साेमबार संक्रमण पुष्टि हुने र संक्रमणमुक्त हुने बराबर

दाङ २१ भदाै । दाङमा साेमबार कोरोना संक्रमित थपिने र निको हुनेको संख्या बराबर रहेको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५ जनाको पिसिआर परिक्षण गर्दा एक जना महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै  दाङमा साेमबार एक जना कोरोना मुक्त भएका छन् । घोराहीका एक जनामा कोरोना पुष्टि हुदा गढवाका एक जना कोरोना मुक्त भएका जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

दाङमा कोरोनाका सकृय बिरामीको संख्या ६४ जना रहेको छ । ति मध्य घरमा ५४ जना, ७ जना आईसियूमा र अक्सिजन सहितको उपचारमा ३ जना रहेको केन्द्रले जनाएको छ ।

दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय ४२ जना पुगेको छ । ति मध्य ८ हजार ६ सय ६६ जना निको भएका छन भने २ सय १२ जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे