सर्जन र दिवस प्रहरी हिरासतमै भोक हड्ताल सुरु, भोकै बस्दा स्वास्थ्य स्थिति बिग्रिदैछ



सर्जन र दिवस प्रहरी हिरासतमै भोक हड्ताल सुरु, भोकै बस्दा स्वास्थ्य स्थिति बिग्रिदैछ

तुलसीपुर २१ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुखलाई दुव्र्र्यवहार गरेको आरोपमा पक्राउ परेका बिद्यार्थी संगठनका नेताहरु सर्जन परियार र दिवश क्षेत्रीले प्रहरी हिरासतमै भोक हड्ताल सुरु गरेका छन ।  प्रहरी कार्यालयमा उपस्थित हुनु अघि परियारले सामाजिक संजाल फेसवुकमा भोक हड्ताल गर्ने घोषणा गरेका थिए ।

गत भदौ १५ गते आत्मसर्मपण गदै प्रहरी कार्यालयमा उपस्थित हुनु भएका दुवै जनाले सोहि दिन देखी भोक हडताल थालेका थिए । उनीहरुले प्रहरी हिरासतमै भोक हड्ताल थालेको एक हप्ता वितिसकेको छ । यसबीचमा उनीहरुको श्वास्थ्यमा समेत समस्या आएको आफन्तीहरुले बताएका छन । श्वास्थ्य क्षेत्रमा भएको विकृती रोक्न र सर्वसाधरण नागरीकको उपचार सर्वसुलभ तरीकाले हुनुपर्ने माग राख्दै प्रहरी हिरासतमा उनिहरुले भोक हड्ताल थालेका हुन ।

चिकित्सकहरु डिउडीको समयमा अस्पतालमा नहुनु, चेकजाँच तथा ल्याव एक्सरे सेवाको लागी नागरीकलाई निजि मेडिकलमा जान प्रेरीत गर्नु जस्ता कार्य बन्द हुनुपर्ने उनिहरुको माग छ ।साथै उनीहरु सरकारी अस्पतालहरुको भएको वेथितिलाई अनुगमन गर्नुपर्ने माग पनि गरेका छन् ।

उनीहरुले गत भदौ ११ गते प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर विनोद सिंहमाथी कार्यकक्षमै कालोमोसो दलेर दुव्र्यवहार गरेका थिए । सोहि घटनामा संलग्न भएको आरोपमा परियार र क्षेत्रि सहित गणेश खड्का,डिल्ली डाँगी पक्राउ परेका छन् । उनीहरु माथी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे