देशभर शनिबार थप १,८५७ जनामा कोरोना संक्रमण पुष्टि, २,२२२ संक्रमण मुक्त, २७ जनाको मृत्यु



देशभर शनिबार थप १,८५७ जनामा कोरोना संक्रमण पुष्टि, २,२२२ संक्रमण मुक्त, २७ जनाको मृत्यु

काठमाडौं १२ भदौ ।  देशभर शनिबार थप १,८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १,५१६ जना र ३,७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै शनिबार कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २,२२२ रहेको छ भने संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।  देशभर शनिबार काठमाडौं जिल्लामा ३७०, ललितपुरमा ११२ र भक्तपुरमा ६७ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै कास्कीमा १२४, सुनसरीमा ११८, झापामा ११५, चितवनमा ११२, मोरङमा ७५, मकवानपुरमा ५८, सुर्खेतमा ४७, रुपन्देहीमा ४२, तनहुँमा २७ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३६ हजार ८६६ रहेको छ । जसमध्ये ३३ हजार ८३५ जना होम आइसोलेसनमा र ३,०३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे