दाङमा शनिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा शनिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि

दाङ १२ भदौ । दाङमा शनिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर परिक्षण गर्दा महिला पुरुष २/२ कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार कोरोना पुष्टि हुनेमा घोराहीका २ जना, लमही र तुलसीपुरका १/१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । याे थप भएका सँगै दाङमा सकृय बिरामीको संख्या १ सय ५५ जना पुगेको छ । ती मध्ये घरमा १ सय ३९ जना, अक्सिजन सहितको उपचारमा २ जना र १४ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे