एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्तीको दोस्रो परिषद भेला सम्पन्न, अध्यक्षमा पुन: बुढा चयन



एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्तीको दोस्रो परिषद भेला सम्पन्न, अध्यक्षमा पुन: बुढा चयन

लालमटिया १२ भदौ । एकिकृत नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाको दोस्रो परिषद भेला शनिवार लालमटियामा सम्पन्न भएको छ । भेलाले पुन कृष्णबहादुर बुढाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा रामनारायण चौधरी, महिला उपाध्यक्षमा विष्णु कार्की, सचिवमा अर्जुनकुमार चौधरी, अर्थ सहसचिवमा कुमार पुन, सहसचिवमा गोविन्द चौधरी रहनु भएको छ । त्यसै गरी लक्ष्मी शाही, बसन्ता कार्की, यादव आचार्य, सिता पोख्रेल, गणेश चौधरी, मिना ज्ञवाली, तुलबहादुर कवर, बसन्तबहादुर केसी, बासुदेव ज्ञवाली, जगत वली, खिमबहादुर वली, गणेश खड्का, पवित्रा राइमाझी, रामचरण चौधरी र रेशमराज पोख्रेल रहेका छन् ।

संगठनका राप्ती गाउँपालिका अध्यक्ष कृष्णबहादुर बुढाको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजीत चौधरीको प्रमुख आतिथ्यता भेला सम्पन्न भएको हो । भेलालाई नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, एकिकृत अखिल नेपाल शिक्षक संगठन दाङका अध्यक्ष हुकुमबहादुर बुढाथाेकी, राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, नेपाल शिक्षक संघ राप्ती गाउँपालिका अध्यक्ष सुवणर्मान चौधरी, अखिल नेपाल शिक्षक संघका राप्ती गाउँपालिका अध्यक्ष माधव बेल्वासे, अखिल नेपाल शिक्षक संगठनका राप्ती गाउँपालिका अध्यक्ष धनीराम घर्ती, राप्ती गाउँपालिका २ नम्बर वडा अध्यक्ष जगतबहादुर थापा, ३ नम्बर वडा अध्यक्ष चन्दर चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसै बीच नव गठित समितिलाई एकिकृत अखिल नेपाल शिक्षक संगठन दाङका अध्यक्ष हुकुमबहादुर बुढाथाेकीले सफथ ग्रहण गराएका थिए । संगठनका सदस्य बासुदेव ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संगठनका सचिव रामनारायण चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे