दाङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

दाङ ५ भदौ । दाङमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित दाङमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १२ हजार ४ सय ८९ जना पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

बैशाख यता दोस्रो लहरको महामारी सुरुभए यता मात्रै अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ८ हजार ८ सय १ पुगेको छ । अहिले दाङमा संत्रृmय संक्रमितको संख्या १ सय ५९ जना पुगेको कार्यालयले जनाएको छ । तिमध्ये अहिले अधिकांश संक्रमित घरमै रहेका छन् ।

कुल संक्रमित १ सय ५९ जना मध्ये अहिले घरमा १ सय ६७ जना र अस्पतालनमा १९ रहेको कार्यालयले जनाएको छ । यस्तै दाङमा बैशाख यता २ सय १० जनाको मृत्यु भएको छ भने अहिले सम्म २ सय ५८ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे