नेपालमा थप २०७५ जनामा कोरोना संक्रमण पुष्टि, २३८२ जना निको ३० जनाकाे मृत्यु



नेपालमा थप २०७५ जनामा कोरोना संक्रमण पुष्टि, २३८२ जना निको ३० जनाकाे मृत्यु

काठमाण्डाै ५ भदाै । पछिल्लो २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार सात सय तीन जनाको पीसीआर र पाँच हजार तीन सय ७२ जनाको एन्टिजेन गरी १३ हजार ७५ जनाको नमूना परीक्षण गर्दा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्क्रमण कुल परीक्षणमा १५ दशमलव ८६ प्रतिशतमा हो ।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख २५ हजार सात सय २२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ८२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९५ हजार नौ सय २५ जना पुगेको छ ।

थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय ८५ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार तीन सय २१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय १८ जनाको आईसीयू र एक सय ६६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे