दाङ देउखुरीका युवाहरु नेकपा एमाले रोज्दै, १९३ युवा एमालेमा प्रवेश



दाङ देउखुरीका युवाहरु नेकपा एमाले रोज्दै, १९३ युवा एमालेमा प्रवेश

देउखुरी ५ भदाै । नेकपा एमाले प्रति युवाहरुको आकर्षण बढ्दो छ । शनिबार राष्ट्रिय युवा संघ नेपाल गढवा गाउँपालिका स्तरीय युवा भेलामा विभिन्न पार्टी परित्याग गरी १९३ युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेतृ गंगा थारु, नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव लगयातले टिका लगाएर पार्टी प्रवेश गराएकी हुन् ।

युवा संघका अध्यक्ष बिनोद अधिकारीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य एवम नेकपा एमालेका नेतृ गंगा थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि थारुले जनताको पक्षमा केपी ओली नेतृत्वको सरकार बाहेक अन्य कुनै सरकारले काम गर्न नसक्ने दावी गरिन् ।
नेकपा एमाले पार्टी फुटेको नभइ केही व्यक्ति चोइटिएर मात्रै गएको, त्यसले पार्टीलाई कुनै असर नपर्ने दावी गरिन् ।

यस्तै प्रदेश सभा सदस्य  तथा नेकपा एमालेका नेता रेवतीरमण शर्माले गरिब, विपन्न वर्गलाइ अधिकार सम्पन्न बनाउनेगरि काम अघि बढेपछी विपक्षीहरु अत्तालिएपछी सरकार हटाउन षड्यन्त्र रचेको बताए । जनताको पक्षमा काम गरेर आउने चुनाव जितेर मुल ढोकाबाट सिंहदरबार प्रवेश हुने ठाेकुवा गरे ।

भेलालाई नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, राष्ट्रिय युवा संघका स्थायी कमिटि सदस्य माधव वली, युवा संघका अगुवा मंगल चौधरी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, नेकपा एमालेका जिल्ला सदस्य कृष्ण गिरी, नेकपा एमाले लमही नगर संगठन कमिटीका अध्यक्ष दण्डिराम चौधरी, गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष बावुराम अधिकारी, जिल्ला सदस्य सीता चौधरी, अनेरास्ववियुका नेता पवन आचार्य लगायतले सम्बोधन गरेका थिए । प्रतीक्षा केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भानु यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे