वाइसियल राप्ती गाउँपालिकाको इन्चार्जमा ज्ञानु केसी र अध्यक्षमा दिपक पुन चयन



वाइसियल राप्ती गाउँपालिकाको इन्चार्जमा ज्ञानु केसी र अध्यक्षमा दिपक पुन चयन

भालुवाङ ५ भदौ । नेकपा माओवादी निकट योग कम्युनिष्ट लिग(वाइसियल) को राप्ती गाउँपालिकाको इन्चार्जमा ज्ञानु केसी र अध्यक्षमा दिपक पुन चयन भएका छन् । वाइसियल राप्ती गाउँपालिकाको शनिबार देउखुरीको राप्ती गाउँपालिका-३ घण्टदेव सामुदायिक वन समूहको सभाहल मसुरियामा भएको दोस्रो भेलाले गाउँपालिका इन्चार्जमा केसी र अध्यक्षमा पुनलाई चयन गरेको हो ।

भेलाले राप्ती गाउँपालिकाको सह-इन्चार्जमा युवराज थापालाई चयन गरेको छ भने दिपक पुनको अध्यक्षतामा ३५ सदस्यीय राप्ती गाउँपालिका स्तरिय वाइसियल गाउँ कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा शरद गिरी, सचिवमा नारायण पोख्रेल र कोषाध्यक्षमा खुमा कुमाल लगायत अन्य सदस्यहरुलाई सर्वसम्मत चयन भएका हुन् ।

वाइसियलको राप्ती गाउँपालिका इन्चार्ज केसी र सह(इन्चार्ज थापालाई यस अघि नै वाइसियलको जिल्ला कमिटीले तोकेर पठाइसकेको थियो । सो निणर्यलाई भेलाले अनुमोदन समेत गरेको छ । वाइसियल राप्ती गाउँपालिका संयोजक दिपक पुनको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्र दाङ जिल्ला कमिटी सदस्य चित्रबहादुर थापाको प्रमुख आतिथ्य तथा वाइसियलका केन्द्रिय सचिवालय सदस्य प्रबिण वलीको बिशिष्ट आतिथ्यमा भेला सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा पार्टीका जिल्ला सदस्य थापाले वाइसियलका युवाहरु लड्ने, भिड्ने नभई न्यायधिस भएर अनुशासित पूर्व जनताको सेवा लाग्न निर्देशन दिए । उनले वाइसियलका हरेका कृयाकलापहरु जनमैत्री, अनुशासित, प्रतिष्ठित र अत्यन्तै जिम्मेवार भएर काम गर्न आग्रह गरे । प्रमुख अतिथी थापाले यो वाइसियल कमिटी राप्ती गाउँपालिका स्तरिय मात्र नभई लुम्बिनी प्रदेश राजधानीको वाइसियल भएकोले पनि पार्टीको अग्र मोर्चामा रहेर अनुशासित पूर्व जनताको काममा लाग्न आग्रह समेत गरे ।

नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटी सचिवालय सदस्य तथा पत्रकार नेत्र खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले वाइसियल भनेको बिगतमा पार्टीको जनमुक्ति सेना र हाल पार्टी र जनताको सुरक्षा फोर्स भएकोले युवा संघ र तरुल दल जस्तो छाडा र अनुशासितहिन नहुने बताएका थिए ।

उनीहरुले वाइसियल माक्सवाद मान्ने संगठन भएकोले एकदमै अनुशासित भएर जनता र पार्टीको आड भरोसाको संगठनको रुपमा पार्टीको अग्र मोर्चामा रहेर काम गर्नुपर्ने बताएका थिए । वक्ताहरुले बिगतमा जसरी जनमुक्ति सेना र वाइसियलले जनमैत्री काम गरेर नेपाली जनताको मन जितेका थिए अहिले पनि त्यसरी वाइसियल गर्भ र प्रशंसा गर्न लायक संगठन हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा वाइसियलका केन्द्रिय सचिवालय सदस्य प्रबिण वली, वाइसियलका केन्द्रिय सदस्य दिपशिखा घर्ती, नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्रिय कमिटी सदस्य श्यामेश चौधरी, वाइसियल दाङ जिल्ला संयोजक माधव बुढाथोकी, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, वाइसियल दाङ निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज लेलिन बन्जाडे, पार्टीका राप्ती गाउँपालिका सचिवालय सदस्य जगतबहादुर थापा, वाइसियल जिल्ला कमिटी सदस्य प्रेमबहादुर खत्री र नवप्रवेशी अमृत घर्ती लगायतका वक्ताले मन्तव्य व्यक्त गरे ।

 

सो अवसरमा राप्ती गाउँपालिका ३ नम्बर वडाबाट अमृत घर्तीको नेतृत्वमा ७८ जना र भालुवाङबाट ओमप्रकाश बिकको नेतृत्वमा १० जना युवाहरु जनता समाजवादी पार्टी परित्याग गरी वाइसियलमा प्रबेश गरेका छन् । त्यस्तै राप्ती गाउँपालिका-८ नम्बर वडाबाट शंकर शाहीको नेतृत्वमा ३ जना युवाहरु नेपाली काँग्रेस परित्याग गरी वाइसियलमा प्रवेश गरेका छन् । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाका प्रबक्ता तथा पार्टीका ३ नम्बर वडा इन्चार्ज तुला गिरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे