दाङमा पोल्ट्री व्यवसायमा ३ अर्ब बढी लगानी



दाङमा पोल्ट्री व्यवसायमा ३ अर्ब बढी लगानी

दाङ ५ भदौ । दाङमा पोल्ट्री व्यवसायमा ३ अर्ब बढी लगानी भएको छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखुराका लागि दानासंगै पछिल्लो समय कुखराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७ सय बढी फर्म तथा उद्योगहरू रहेका छन् । जिल्लामा बोइलर कुखुराका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि साढे ४ सय फर्म, एक सय दाना सप्लायर्स र अण्डाका लागि १ सय ५० वटा लेयर्सका फर्महरू रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।

जसमा ३ अर्ब बढी लगानी रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा.वेदबहादुर केसीले बताउनुभयो । कार्यालयका अनुसार जिल्लामा करिब साढे चार सय कुखुरापालन व्यवसाय दर्ता भएर संन्चालनमा रहेका छन् भने कतिपय व्यवसाय दर्ता नभएरै सञ्चालन भएका छन् ।

कुखुरा पालनका लागि दाङ जिल्ला राम्रो वातावरणसँगै मासु तथा अण्डा सप्लायसर्यका हिसाबले समेत उपयुक्त ठाउँ भएकाले पोल्ट्री व्यवसायमा लगानी बढेको कार्यालय प्रमुख केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे