दाङमा छाडा रुपमा छोडएका पशुचौपायाको व्यबस्थापन



दाङमा छाडा रुपमा छोडएका पशुचौपायाको व्यबस्थापन

दाङ ४ भदाै । दाङको घोराही तुलसीपुर सडक खण्डमा छाडा रुपमा छोडएका पशुचौपायाको व्यबस्थापन गरिएको छ । नारायणपुर सडक क्षेत्रमा छाडा छोडिएका ३७ वटा पशुचौपायालाई व्यबस्थापन तथा संरक्षणका लागी घोराही २ मा रहेको चाक्लीघाट गौशालामा पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन ।

सवारी दुर्घटना न्युनिकरण गर्ने अभियान अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक कार्यालय र घोराही उप–महानगरपलिका वडा नम्बर १० सँगको सहकार्यमा उक्त पशुचौपायालाई व्यवस्थापन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे