महिला स्वास्थ्य स्वमसेविका र महिला अगुवालाई मनोसमाजिक परामर्श तालिम



महिला स्वास्थ्य स्वमसेविका र महिला अगुवालाई मनोसमाजिक परामर्श तालिम

सिसहनियाँ ४ भदौ । दाङ देउखुरीमा महिला स्वास्थ्य स्वम्सेविका र महिला अगुवाहरुलाई मनोसमाजिक परामर्शका बारेमा जानकारी गराउन तालिम दिइएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित सिसहनियाँ स्वास्थ्य चौकीमा तालिम दिइएको हो ।

समाजमा हुने विभिन्न हाले हिंसा, द्धन्द तथा मनोसमाजिक समस्या पहिचान र न्यूनीकरण गर्न स्वास्थ्य संस्थामा रहेका महिला स्वास्थ्य स्वम्सेविका र समुदायका महिला अगुवाहरुलाई मनोसमाजिक परामर्श दिन थालिएको हो । स्वास्थ्य तथा समाजिक क्षेत्रमा मात्र समिति स्वास्थ्य स्वम्सेविका र महिला अगुवाहरुले आफ्नै गाउँठाउँमा मनोसमाजिक परामर्श लिन पाउँदा निकै उत्साहित भएको र धेरै कुराहरु सिक्ने अवसरमा पाएको महिला स्वास्थ्य स्वम्सेविका लक्ष्मी शर्मा, कुशुम चौधरी र निगरानी समुहकी सदस्य नारायणी पोख्रेलको भनाई छ ।

राप्ती गाउँपालिका, सिसहनियाँ स्वास्थ्य चौकी तथा हिको संस्थाको समन्वयमा तथा डेन मार्कको सहयोगमा फलाइन एड नेपालले मनोसमाजिक समस्या भएकाहरुको पहिचान गरी कसरी परामर्श तथा उपचार दिन सकिन्छ भन्ने उदेश्यले तालिम प्रदान गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका डा. असिम रेग्मीको भनाई छ ।

स्वास्थ्य क्रियाकलापमा व्यस्त रहने महिला स्वास्थ्य स्वम्सेविकाहरु र समाजिक कार्यमा क्रियाशिल महिला अगुवाहरुलाई कोभिडको पहिलो तथा दोस्रो लहरले ग्रस्त बनाएका व्यक्तिहरुलाई मनोसमाजिक परामर्शका बारेमा ज्ञान दिन तालिम दिइएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताएका छन् ।

अहिले पनि समाजमा विभिन्न कारणबाट विभिन्न व्यक्तिहरु मानसिक रोगले पिडित रहेका छन् । पिडितहरुलाई परामर्श दिने व्यक्ति तथा संस्था नहुँदा पिडितहरु झन पिडित बन्दै गएका छन् । यसै क्रममा स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामाग्री समेत प्रदान गरिएको आइसी एस डिपीका डाइरेक्टर योगेश भण्डारीले जानकारी दिएका छन् । तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन हिको संस्थाका अध्यक्ष तथा स्वास्थ्यकर्मी प्रकाश विष्टले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे