सिसहनियाँ र सतवरियाबाट अवैध काठ सहित दुई जना पक्राउ



सिसहनियाँ र  सतवरियाबाट अवैध काठ सहित दुई जना पक्राउ

देउखुरी ४ भदाै । दाङको देउखुरीकाे राप्ती गाउँपालिका ५ सिसहनियाँबाट अवैध काठ सहित १ जना पक्राउ परेका छन् । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको रा १ च ९४० नम्बरको सेतो पिकअप भ्यानलाई रोकेर चेकजाँच गर्ने क्रममा सिसहनियाँ प्रहरीले १ सय ११ थान चिरान काठ सहित (४६.४४ क्युफिट ) चालक केशब विकलाई पक्राउ गरि राप्ती सव डिभिजन वन कार्यालयलाई बुझाएको छ ।

यता सतवरियाबाट अवैध काठ सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिग्नीका खुशी राम चौधरी रहेको डिभिजन वन कार्यालय देउखुरीका सुचना अधिकारी प्रेमीलाल प्रसाद साहले जानकारी दिएका छन् ।

बिहिवार राती रा १ च ४२९८ नम्बरको टेक्टरमा चौधरीले सिमल जातको ५ थान गोलिया (५६ .४२ क्युफिट ) काठ ल्याउँदै गरेको समयमा लमही नगरपालिका वडा नम्बर ८ को गिधनियाबाट सतबरिया प्रहरीले नियन्त्रणमा लिएर सव डिभिजन कार्यालय सतवरियालाई बुझाएको सुचना अधिकारी साहले बताए । पक्राउ परेका चौधरी र विक माथि थप अनुसन्धान भैरहेको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल वन प्रमुख बेसिन्द्र राज सुबेदीले जानकारी दिए का छन्।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे