स्वास्थ्यकर्मी बिहीन तुलसीपुर कारागार, कैदीबन्दीहरुबाटै स्वास्थ्य सेवा



स्वास्थ्यकर्मी बिहीन तुलसीपुर कारागार, कैदीबन्दीहरुबाटै स्वास्थ्य सेवा

तुलसीपुर ३ भदौ । स्वास्थ्यकर्मी नहुदा कारागार कार्यालय तुलसीपुरका कैदीबन्दीहरु उपचार सेवाबाट बञ्चीत भएका छन् । एक जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको कारागारमा करिब २ बर्ष देखि स्वास्थ्यकर्मी बिहीन भएको हो ।

कारागारमा कार्यरक्त एचए दोर्ण वलीको कर्मचारी समायोजन भई दङगीशरण गाउँपालिकामा हुँदै कोरोना बिशेष अस्पताल बेलझुण्डीमा सरुवा भएपछि कारागार दुई बर्ष देखि स्वास्थ्यकर्मी बिहीन भएको छ ।

अहिले कारागारमा कैद सजाय भुक्तान गरिरहेका र स्वास्थ्य सम्बन्धी सामान्य जानकारी पाएका कैदीबन्दीहरुबाट स्वास्थ्य सेवा सम्बन्धी काम गरि रहेको कारागार शाखाले जनाएको छ ।

सामान्य प्रकृतिका बिरामी परेका कैदी बन्दीहरुको स्वास्थ्य अवस्था र प्रयोग गर्नुपर्ने औषधीबारे परामर्श दिने काम उनीहरुबाट हुने गरेको कारागार कार्यालय तुलसीपुरका सुचना अधिकारी प्रविण चन्द्र बस्नेतले जानकारी दिए ।

३०० जना कैदीबन्दी राख्न सक्ने क्षमता रहेको कारागार कार्यालय तुलसीपुरमा अहिले ४६७ जना कैदीबन्दीहरु रहेको छन् ।

कारागारमा ४४५ जना पुरुष, २२ जना महिला र २ जना आश्रीत बालिकाहरु रहेका छन् । कारागारमा विभिन्न मुद्दाका ४१६ जनाले आफ्नो कैद भुक्तान गरिरहेका छन् भने पुर्पक्षका लागि थुनामा रहेकाहरुको संख्या ४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे