दाङमा खोलाले बगाउँदा एकजना बेपत्ता



दाङमा खोलाले बगाउँदा एकजना बेपत्ता

घाेराही ४ भदौ । दाङमा खोलाले बगाउदा एक जना बेपत्ता भएका छन । शान्तिनगर गाउँपालिका वडा नम्बर ४ निवासी ५३ वार्षिय बमबहादुर बिकलाई खोला तर्ने क्रममा हिजो साँझ एकली खोलाले बगाएको स्थानीय तेज बहादुर विश्कर्माले जानकारी दिए ।

खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको पिडित परिवारले जनाएको छ । बेपत्ता बमबहादुरको खोजी कार्यको लागि प्रहरी चौकी चिराघाट, ईलाका प्रहरी कार्यालय खिलतपुर र स्थानीयहरुले खोजी गरिरहेको प्रहरी चौकी चिराघाटका हवलदार श्रबण मिश्रले जानकारी दिएका ५न ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे