देउखुरीकाे जुराैनी र काेइलाबास नाकाबाट एकै दिन अबैध सामान बरामद



देउखुरीकाे जुराैनी र काेइलाबास नाकाबाट एकै दिन अबैध सामान बरामद

दाङ ४ भदाै । देउखुरीकाे काेइलाबास नाकाबाट भन्सार छलेर नेपाल ल्याउदै गरेका अवैध सामान प्रहरीले बरामद गरेकाे छ ।  बुधबार दिउँसो दुई बजे गढवा गाउँपालिका वडा नम्बर ८ कोइलावास चार खम्वा स्थित भारतबाट भन्सार छलि करिब ५३ हजार मुल्य बराबरको घडी र काचो कपडाहरू ल्यान्दै गरेको भन्ने गोप्य सुचनाका आधारमा सिमा प्रहरी चौकी कोईलाबासबाट खटिएको प्रहरी टोलीले चेकजाचँ गर्ने क्रममा उक्त्त समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ।बरामद गरिएको घडी र कपडाका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कोईलाबास दाङमा बुझाईएको छ ।

यस्तै साेही दिन राती ९ बजे अबैध रुपमा भन्सार छलि कपडाहरु ल्याउदै छन् भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र अस्थाई प्रहरी पोष्ट कालाकाटेको संयुक्त खटिएको प्रहरीकाे टाेलीले गढवा गाउँपालीका वडा नम्बर १ जुरौनीमा वेवारिसे अवस्थामा ४१ हजार मूल्य बराबरको कपडाहरु बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कोईलाबास दाङमा बुझाईएको छ । खुला सिमा भएको कारण पछिल्लो समय यता काेइलाबास नाकामा अवैध काराेबार बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे