देशभर शुक्रबार थप ३,९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि, २,११८ जना संक्रमण मुक्त, २७ जनाको मृत्यु



देशभर शुक्रबार थप ३,९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि, २,११८ जना संक्रमण मुक्त, २७ जनाको मृत्यु

काठमाण्डाै २९ साउन । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख नाघेको छ । देशभर शुक्रबार थप ३ हजार ९ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या आठ लाख दुई हजार पाँच सय ६६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यीमध्ये ७ लाख २८ हजार ५ सय ३२ नमुनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो भने ७४ हजार ३४ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै शुक्रबार ११ हजार ७ सय ८ जनाको पीसीआर र ६ हजार आठ सय ७४ जनाको एन्टिजेन गरी १८ हजार ५ सय ८२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको २१ प्रतिशतभन्दा धेरै हो ।

यस्तै शुक्रबार थप २ हजार १ सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७९ हजार चार सय ९५ जना पुगेको छ । यही अवधिमा थप २७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । यो सहित ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय ३९ जना पुगेको छ ।

अहिले नेपालमा ३८ हजार सात सय ९८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ३६ जनाको आईसीयू र एक सय ८६ जानको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे