अविरल बर्षाका कारण तुलसीपुरमा एक घर भत्कियाे, साढे दश लाख बराबरको क्षति



अविरल बर्षाका कारण तुलसीपुरमा एक घर भत्कियाे, साढे दश लाख बराबरको क्षति

तुलसीपुर२९-साउन । केही दिन देखि परेको अविरल बर्षाका कारण तुलसीपुरमा एक घरमा भत्किदा साढे दश लाख बराबरको क्षति भएको छ । शुक्रबार बिहान करिब ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलगनारका रामु चौधरीको घर भत्किदा साढे दश लाख बराबरको क्षति भएको हो ।

घर भत्किदा अन्नपात सबै नष्ट हुनुका साथै घरमा भएको नगद २ लाख रुपैया पनि नभेटिएको स्थानीय महेश थारुले बताए । परिवारका सबै सदस्य उठेर घर बाहिर भएकाले मानविय क्षति भने नभएको थारुले बताए । अहिले स्थानीयबासी, प्रहरी लगाएतको टोलीले उद्धार गरि रहेको छ भने घर मालिक आफन्तीको घरमा आश्रय लिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे