व्यवस्थित राजधानी निर्माण गर्न पहल गर्छु : मन्त्री चौधरी



व्यवस्थित राजधानी निर्माण गर्न पहल गर्छु : मन्त्री चौधरी

भालुवाङ २९ साउन । लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले शुक्रवार पदभार ग्रहण गरेका छन् । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ को राप्ती प्राविधिक शिक्षालय भित्र रहेको ग्रामीण तथा शहरी विकास मन्त्रालयमा पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ गर्ने, पर्यटनलाई रोजगार संग जोड्ने काम आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो । उहाँले भुमिहिन सुकुम्बासी आयोगलाई पुर्नस्थापना गर्न पहल गर्ने पनि बताए ।त्यसै गरी मन्त्री चौधरीले प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटुरोगका बिरामीलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने, कोराना हटलाइन एम्बुलेन्स सञ्चालन, कोरोनाको एन्टिजेन परीक्षणका लागि घुम्ती शिविर सञ्चालन गर्ने, खोपलाई प्रभावकारी बनाउने, मातृ मृत्युदर कम गर्न स्थानीय तहको मागका आधारमा एक÷एक थान प्रोटेबल अल्ट्रासाउन्ड मेसिन सहित तालिम प्राप्त नर्स उपलब्ध गराउने निर्णय भएको समेत बताए ।पदभार ग्रहण गर्नु पुर्व मौरीघाटमा रहेको स्व. श्रीनारायण चौधरीको शालिकमा मल्र्यापण समेत गर्नु भयो शालिक मल्र्यापण गर्दै मन्त्री चौधरीले स्व. श्रीनाराण चौधरी प्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए । यसै बिच मन्त्री चौधरी भालुबाङमा नेपाल तरुण दल र पार्टी कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे