दाङमा अतिक्रमति वन क्षेत्र खाली गराई बिरुवा लगाइयो



दाङमा अतिक्रमति वन क्षेत्र खाली गराई बिरुवा लगाइयो

 दाङ २३ साउन . सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतीपाति गर्दै आएको करिव ५ कठ्ठा जग्गा डिभिजन वन कार्यालय दाङले आज शनिवार खाली गराएको छ । घोराही उपमहानगरपालिका वडा नं ५ धर्नाको बसन्तापुर सामुदायिक वन क्षेत्र अतिक्रमण गरी लगाएको मकै खेती खाली गरएको छ ।

अतिक्रमित वन क्षेत्र खाली गराई उक्त ठाउँमा आजै बृक्षरोपण पनि गरिएको छ । स्थानीय खिमबहादुर सार्कीले सामदायिक वन क्षेत्र अतिक्रमण गरी खेतपाती गरेकोमा उक्त वन क्षेत्र खाली गराई ५० वटा खयरका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख भक्तबहादुर चौधरीले जानकारी दिP ।

डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख भक्तबहादुर चौधरीको नेतृत्वमा सहायक वन अधिकृतहरु राजेन्द्र श्रेष्ठ, बिष्णुप्रसाद लामिछाने, सिद्धान्त बराल सहित गएको वन रक्षकहरुको टोलीले अतिक्रमित वन क्षेत्र खाली गराई बिरुवा लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे