शान्ति समाज दाङले नैतिक तथा गुणस्तरीय शिक्षा आजको आबश्यकता बिषयक अभियान सञ्चालन गर्ने



शान्ति समाज दाङले नैतिक तथा गुणस्तरीय शिक्षा आजको आबश्यकता बिषयक अभियान सञ्चालन गर्ने

तुलसीपुर २३ साउन । नागरिकको स्वास्थ्य सम्बन्धि अधिकार सुनिश्चीत हुनुपर्ने माग गर्दै मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले अभियान सञ्चालन गर्ने भएको छ । कोभिड –१९ बाट सुरक्षित हुन आबश्यक पर्ने कोभिड बिरुद्ध खोप सबै नागरिकहरुले पाउनुपर्ने शान्ति समाजले माग गरेको छ ।

शान्ति समाजले नैतिक तथा गुणस्तरीय शिक्षा आजको आबश्यकता बिषयक अभियान समेत ब्यापक बनाउने भएको छ । साधारण सभाले हिंसा बिरुद्धका अभियान, नदि तथा तालतलैया संरक्षणको लागि अभियानलाई तिब्रता दिने भएको शाखाका सभापति तुलसीराम सुनारले जानकारी दिए ।

शान्ति समाज दाङ शाखाको आज शनिबार सम्पन्न २४ औं साधारणसभा तथा नेपालको राजनीतिक घटनाक्रम तथा मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी उच्च अदालत तुलसीपुरका न्यायाधीश नसरुउल्लाह अन्सारीले राष्ट्रिय मानव अधिकार आयोग लगायतका लाईनऐजेन्सीले राम्रो सँग काम गर्ने वातावरण नबन्दा सम्म मानव अधिकारको सुनिश्चीतता हुन नसकेको बताए ।

बत्ति दिने तर प्युज हटाई दिने काम आयोगमा राजनीतिक दलहरुले गर्ने गरेको उनको भनाई छ । जबसम्म नीति निर्माण र आयोगको सिफारीस कार्यान्वयन हुदैन मानव अधिकार उलघंन गर्ने ब्यक्ति कारर्बाह पर्दैन, उनले भने ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले सत्ताधारीहरुले पटक पटक लोकतन्त्रको घाँटी निमोट्ने प्रयास गर्ने गरेको आरोप लगाए । लोकतन्त्रमाथि धावा बोल्नलाई नागरिक समाजले खवरदारी गर्न नछोड्ने उनको भनाई थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता पदम केसी, नेपाली कांग्रेसका सभापति कृतिबहादुर खड्का, नेकपा माओबादी केन्द्रका नेता शेषुराम भण्डारी लगायतले मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको पक्षमा आफूहर प्रतिबद्ध रहेको बताएका थिए ।

सोही अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, पुर्व केन्द्रिय उपसभापति एबम अधिबक्ता मोहन धिताल, शान्ति समाज दाङका संस्थापक सभापति एव बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल, उच्च अदालत बार एशोसियसनका अध्यक्ष पुष्कर भण्डारी, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी, नेपाल शिक्षक महासंघका सचिब नवराज डाँगी, तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, महिला मानव अधिकारकर्मी सुष्मा गिरी, शान्ति समाज सल्यानका पुर्ब सभापति शिबशंकर गिरी, जेष्ठ नागरिक समाज दाङका अध्यक्ष खुमानन्द अधिकारी, दाङ साहित्य तथा संस्कृती प्रतिष्ठानका अध्यक्ष डिल्लीराज गौतम, नेपाल राष्ट्रिय अपाङ महासंघ दाङका अध्यक्ष देवा डाँगी, सुनचाँदी ब्यबसायी तुलसीपुरका अध्यक्ष हरि विक लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपसभापति नविन पोख्रेलले गरेका थिए भने सहजिकरण सचिब निर्मला डाँगीले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे