देशभर शनिबार थप ३,२१८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,७२५ जना निको, १९ जनाको मृत्यु



देशभर शनिबार थप ३,२१८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,७२५ जना निको, १९ जनाको मृत्यु

काठमाण्डाै २३ साउन । देशभर शनिबार थप तीन हजार दुई सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार ८ सय ६६ जनाको पीसीआर र  चार हजार ७ सय ७ काे एन्टिजेन गरि १३ हजार पाँच सय ७३ नमूनाको परिक्षण गर्दा तीन हजार दुई सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये झण्डै २४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म सात लाख ८० हजार ८ सय आठ जनामा संक्रमण पुष्टि भइसकेको छ ।  यस्तै थप एक हजार सात सय २२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ ।

यस्तै थप १९ जना काेराेना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ । अहिले नेपालमा ३५ हजार चार सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये सात सय ४६ जनाको आईसीयू र एक सय ६९ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे