सिसहनियाँ- महदेवा जोड्ने पुल छेउमा भत्किएको सडक मर्मत कार्य सुरु



सिसहनियाँ- महदेवा जोड्ने पुल छेउमा भत्किएको सडक मर्मत कार्य सुरु

सिसहनियाँ २४ असार । सिसहनियाँ महदेवा जोड्ने नेपालको दोस्रो लामो पुल छेउ भत्किएको सडक बिहिवार देखि मर्मत कार्य सुरु भएको छ । बुधवारको बाढीले क्षति पुर्‍याएको पुल जोड्ने हुलाकी सडकको एप्रोच बिहिवार बिहान देखिनै पुल डिभिजन नेपालगन्जले मर्मत कार्य शुरु गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिनु भएको छ । सडक मर्मत कार्यको लागि आगामी ७ दिन सम्म आवागमन बन्द भएको प्रमुख जिल्ला अधिकारी कुरुङवाङले बताएका छन् ।लगातार बर्षातका कारण आएको बाढिले बुधवार पुल नजिकैको सडकको भाग भत्किएको थियो । सडक भत्किएको खवर पाएपछि प्रमुख जिल्ला अधिकारी कुरुङवाङको टोली त्यहाँ पुगेर तत्काल सडक मर्मतका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।गएको माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुलको उद्घाटन गरेका थिए । राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाइ ८६० मिटर रहेको छ भने चौडाइ साढे १० मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे