दाङमा घर भत्किँदा तीन महिने शिशुकाे मृत्यु, आमा र छाेरी घाइते



दाङमा घर भत्किँदा तीन महिने शिशुकाे मृत्यु, आमा र छाेरी घाइते

दाङ २४ असार । दाङमा बुधबार राति घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घोराही उपमहानगरपालिका-१७ क्वाडी निवासी आशाराम चौधरीको टिनले छाएको २ कोठे घरको भित्ता भत्किँदा उनकी ३ महिनाकी छोरी बिन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घटनामा परि आशारामकी श्रीमती ३० वर्षीय मनिशा चौधरी र ९ वर्षिया छोरी बाटुली घाइते भएका छन्। घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे