भरुवा बन्दुक सहित दाङमा एक जना पक्राउ



भरुवा बन्दुक सहित दाङमा एक जना पक्राउ

दाङ २४ असार । दाङ प्रहरीले अवैध घरेलु हतियार भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी गोल्टाकुरीबाट खटिएको सयुक्त प्रहरी टोलीले अवैध घरेलु हतियार भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

दंगीशरण गाउँपालिका निवासी २४ वर्षिय मेघराज पुनमगरलाई तिलकन्या सामुदायिक वनमा घरेलु अवैध भरुवा बन्दुक लगेर सिकार खेल्न भएको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरीको टोलीले गएराती १० बजेको समयमा सामुदायिक वनको ड्वाङड्वाङे चौरबाट बन्दुक सहित पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे