विपन्न नागरिकको जीवनस्तर सुधार गर्न कृषि र पशुपालनमा लगानी गर्न जरुरी छ : शर्मा



विपन्न नागरिकको जीवनस्तर सुधार गर्न कृषि र पशुपालनमा लगानी गर्न जरुरी छ : शर्मा
लमही २४ असार । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले आर्थिक तथा सामाजिक सुचांकमा पछाडी परेको समुदाय एवम् व्यक्तिको जीविकोपर्जनमा सहयोग पु¥याउने उद्देश्यले मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिएको बताएका छन् ।
लमही नगरपालिकामा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगत भेटेरिनरी सेवा तथा खोर व्यवस्थापन र माहुरीपालक किसानलाई तालिम उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले समाज रुपान्तरण र आर्थिक समृद्धिको लागी लुम्बिनी प्रदेश सरकारले दिर्घकालीन महत्वका कार्यक्रम सञ्चालन गरेको स्पष्ट पारे।‘असन्तुलीत विकासले अभाव सृजना ग¥यो । अन्याय थियो । अव सन्तुलित विकासको अवधारणा अनुसार हामी अघी बढेका छौं’उनले भने–‘गरिब विपन्नको जीवनस्तरमा परिवर्तन ल्याउन सबै आय आर्जनमा जोडिनै पर्छ ।’
लमही नगरपालिका पशु विकास उप–शाखाले माउ बाख्रा अनुदानमा पाएका किसानलाई लक्षित गरेर बाख्रा पालन तथा खोर व्यवस्थापन तालिम आयोजना गरेको हो । नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य शर्माको प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य सरस्वती गौतमको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विशिष्ट अतिथि प्रदेश सभा सदस्य माननीय सांसद सरस्वती गौतमले उद्यमशिलता विकासमा प्रदेश सरकारले जोड दिएको बताइन् ।
कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले विपन्न किसानलाई प्राथमिकता राखेर योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको बताए । उप–प्रमुख देवका बेल्वासेले किसान समृद्धि भए नगर र प्रदेश समृद्ध हुने बताइन्। मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका जिल्ला कार्यक्रम सहजकर्ता श्रीधरराज भण्डारीले कार्यक्रमको लक्ष उद्देश्य प्रकाश पारेका थिए । तालिमको प्रशिक्षकमा पशु विकास उपशाखाका प्रमुख शिवराज न्यौपाने, डाक्टर अञ्जली थापा, गणेश चौधरी लगायत रहनु भएको छ । कार्यक्रमको सहजिकरण मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका फोकल पर्सन भवानी गिरीले गरेका थिए ।
यस्तै माहुरीपालक किसानलाई लक्षित गरेर लमही नगरपालिका वडा नं. १ सुन्डबरीम तालिम सञ्चालन गरिएको छ । माहुरी सहित घार पाएका किसानलाई माहुरी पालन सम्वन्धि तालिम दिइएको हो । उप–प्रमुख देवका बेल्वासेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभ सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यता, अर्का लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतमको बिशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको छ ।
तालिममा रातामाटा, बसन्तपुर र सितलापुरका १५ जना किसानको सहभागीता छ । उद्घाटन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष नुमराज पौडेलले सम्वोधन गरेका थिए। कार्यक्रम सिसफारिस समितिका सदस्य शुसीला शर्माको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन फोकल पर्सन भवानी गिरीले गरेका थिए। तालिमको प्रशिक्षकमा कृषि विकास उप–शाखा प्रमुख अम्मर चौधरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे