दाङमा बुधबार ११ जनामा कोरोना पुष्टि, १० जना निको



दाङमा बुधबार ११ जनामा कोरोना पुष्टि, १० जना निको

दाङ २३ असार । दाङमा आज थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५७ जनामा गरिएको पिसिआर जाँचमा ६ जना महिला र ५ जना पुरुष गरि ११ जनामा कोरोना पुष्टि भएको हो ।

आज कोरोना मुक्त हुनेको संख्या १० रहेको छ । आज थप भएका ११ जना सहित जिल्लामा सकृय विरामीको संख्या एक सय ५३ जना पुगेको छ । ती मध्य एक सय २७ जना घरमा, अक्सिजन सहितको उपचारमा १५ जना र आईसियूमा ११ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

बैशाख यता दाङमा ८ हजार एक सय ५७ जनामा कोरोना देखिएको छ । ति मध्य ७ हजार ८ सय जना निको भएका छन् भने २ सय ४ जनाको मृत्युभएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे