आज पनि काेराेना निकाे हुने भन्दा सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या धेरै



आज पनि काेराेना निकाे हुने भन्दा सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या धेरै

काठमाण्डाै२३ असार । आज (बुधवार) पनि कोरोना सङ्क्रमणमुक्त हुने भन्दा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या बढी भएको छ । हिजो (मङ्गलवार) पनि नयाँ थपिने सङ्क्रमितको सङ्ख्या बढी भएको थियो ।

पछिल्लो २४ घण्टामा थप दुई हजार नौ सय ८९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार आठ सय ३५ जनाको पीसीआर र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार नौ सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ९० हजार नाै सय ७४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १४ हजार तीन सय २७ जना पुगेको छ ।

यस्तै थप २८ जनाको काेराेनाबाट ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार दुई सय ९१ जना पुगेको छ । अहिले नेपालमा २३ हजार सात सय ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

अझै पनि नौ वटा जिल्लामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा पाँच सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डाैमा तीन सय ९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे