राप्ती गाउँपालिकाको १ नम्बर वडा कार्यालयको उद्घाटन, नयाँ भवनबाट सेवा दिन सुरु



राप्ती गाउँपालिकाको १ नम्बर वडा कार्यालयको उद्घाटन, नयाँ भवनबाट सेवा दिन सुरु

भालुवाङ २३ असार । दाङको राप्ती गाउँपालिका १ नम्बर वडा कार्यालयको आज विधिवत रुपमा उद्घाटन गरिएको छ । नवनिर्मित भवनको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले उद्घाटन गरेका छन् ।

उज्जल निर्माण सेवा घोराही ११ दाङले ७९ लाख ४८ हजार रुपैयाँको ठेक्का संझौतामा उक्त भवन निमाणर् गरेको निमाणर् सेवाका सव इन्जिनियर प्रदिपप्रसाद वैदिकले जानकारी दिएका छन् । ४ कोठा तल र ४ कोठा माथि गरी ८ कोठे भवन निमाणर् गरिएको छ । वडा अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको भवन उद्घाटन कार्यक्रममा अध्यक्ष सुवेदीले नागरिकले सहज र सरल तवरले सेवा पाउनका लागि कार्यालय स्थापना गरिएको र नागरिकलाई यस भवन निर्माण संगै विकासको प्रत्याभुति समेत हुने बताएका छन् ।कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, राष्ट्रिय मावि भालुवाङका अध्यक्ष नरबहादुर केसी, समाजसवी तथा बुद्धिजीवि महेन्द्र केसी, अली मोहम्मद, लालमहोम्मद मिया, भालुवाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, पत्रकार महेश रिजाल लागयतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा भवन निर्माण कार्यको समिक्षात्मक प्रगति विवरण प्राविधिक प्रदिप बैदिकले जानकारी दिएको कार्यक्रमकोे सञ्चालन वडा सचिव राजेन्द्र पौडेलले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे