बाढीका कारण राप्ती र गढवा जोड्ने नेपालकै दोस्रो लामाे पुल नजिकै सडक भत्कियो



बाढीका कारण राप्ती र गढवा जोड्ने नेपालकै दोस्रो लामाे पुल नजिकै सडक भत्कियो

भालुवाङ २३ असार । लगातार बर्षातका कारण आएको बाढिले नेपालकै दोस्रो लामो पुल नजिकैको सडकको भाग भत्किएको छ । दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको महादेवा  सिसहनिया जोड्ने राप्ती नदीको पक्की पुल नजिकै सडकको भाग भत्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार पुल नजिकैको भाग सहित सडकको केही भाग भत्किएको छ । तर यस बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । घटना स्थलमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङको टोली गएको प्रहरीको भनाई छ ।

गएको माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुलको उद्घाटन गरेका थिए । राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाइ ८६० मिटर रहेको छ भने चौडाइ साढे १० मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे