वनलाई जनताको भविस्य संग जोड्न अनिवार्य छ : प्रदेश सभा सदस्य शर्मा



वनलाई जनताको भविस्य संग जोड्न अनिवार्य छ : प्रदेश सभा सदस्य शर्मा
लमही २३ असार । लुम्बिनी प्रदेश सभा सदस्य  रेवतीरमण शर्माले वनलाई जनताको जीविका संग मात्र नभई भविस्य संग जोड्न अनिवार्य रहेको बताएका छन् । जिल्ला वन समन्वय समितिको लमहीमा सम्पन्न बैठकलाई सम्वोधन गर्दै शर्माले वनलाई जीविका संग मात्र नभई जनताको भविस्य संग जोड्नेगरी कार्यक्रम बनाउन आग्रह गरे ।
‘सामुदायीक वनहरुले विद्यालयमा लगानी लगाएका छन् । बाटो, खानेपानी विस्तारमा काम गरेका उदाहरणहरु छन’उनले भने–‘वन क्षेत्रको संरक्षण संगै यसलई जनताको जीविका र भविस्य संग प्रभावकारी रुपमा जोड्न अनिवार्य छ ।’ जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न वैठकलाई गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, नेकपा एमाले क्षेत्र नं. १ का संयोजक नारायण डिसी छम्पाली, नेपाली कांग्रेसका कुमार घिमिरे, नेकपा माओवादी केन्द्रका ओमप्रकाश सुवेदी(सागर) लगायतका वक्ताहरुले सम्वोधन गरेका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख वेसिन्द्रराज सुवेदीले चालु बर्षमा भएका योजनाहरुको विवरण सार्वजनिक गरेका हुन् ।
यस्तै चालु आर्थिक बर्षमा वन संरक्षण, विकास र व्यवस्थापनमा उत्कृष्ट हुने सामुदायीक वनलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ । कुलपानी सामुदायीक वन उपभोक्ता समुह गढवा–१ प्रथम भएको छ । यो सामुदायीक वनलाई नगद १७ हजार रुपैयाँ प्रदान गरिएको छ ।
यस्तै लमही नगरपालिका वडा नं. ३ स्थित टिकुलीगढ सामुदायीक वन दोस्रो भएको छ । यो समुदायीक वनलाई नगद १५ हजार पुरस्कार प्रदान गरिएको छ । राजपुर गाउँपालिका वडा नं. २ स्थित त्रिशक्ति सामुदायीक वन उपभोक्ता समुह तेस्रो भएको छ । यो सामुदायीक वनलाई नगद १४ हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे