माओवादीबाट एमालेमा प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त



माओवादीबाट एमालेमा प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

काठमाण्डौ ११ असार । नेकपा माओवादी केन्द्रबाट निर्वाचित १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ। निर्वाचन आयोगले जारी गरेको सुचनामा माओवादीबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जनप्रतिनिधीको पद रिक्त भएको हो।

स्थानिय तहको निर्वाचन २०७४ मा माओवादी केन्द्रबाट निर्वाचित भएका उनीहरु अहिले एमालेमा प्रवेश गरे संगै पद रिक्त भएको निर्वाचन आयोगले जारी गरेको सुचनामा उल्लेख छ ।

सोहि अनुसार आयोगले जारी गरेको सुचनामा रौतहटको गौलापुर नगरपालिकाका प्रमुख रिना कुमारी शाह,उपप्रमुख गौरीशंकर प्रसाद, कटहरिया नगरपालिकाका प्रमुख सियाराम प्रसाद कुशवाहा, देवाही गोनाही नगरपालिकाका उपप्रमुख परनिया देवी, फतुवाविजयपुर नगरपालिकाका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल कुमारी शाह, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष श्रीमती गितादेवी शाह, सिरहा लहान नगरपालिकाका कार्यपालिका सदस्य सतमीलाल दास ताती, ओखलढुङगा चम्फादेवी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष सुरेस कुमार थापा, मोहत्तरी साम्सी गाउँपालिकाका प्रमुख शेष फास्क, कैलाली भजनी नगरपालिकाका उपप्रमुख छायादेवी देवकोटा, गौरीगंगा नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष भागीरथी विष्ट, गोदावरी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष पुरन सिंह विसीको पद रिक्त भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे