नेपालमा थप २ हजार ४ सय ७४ जनामा काेराेना सङ्क्रमण, २ हजार ५ सय १८ जना निकाे



नेपालमा थप २ हजार ४ सय ७४ जनामा काेराेना सङ्क्रमण, २ हजार ५ सय १८ जना निकाे

काठमाण्डाै १० असार । पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ७४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई सय ३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७७ जना र चार हजार नौ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९७ जना गरी दुई हजार चार सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमण पुष्टि भएकासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख २९ हजार चार सय ३१ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९ हजार नौ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय १८ जना काेराेना सङ्क्रमणबाट निकाे हुँदा अहिलेसम्म सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या पाँच लाख ७० हजार नौ सय ५८ जना पुगेको छ । अहिले नेपालमा ४९ हजार पाँच सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै थप २४ जनाको काेराेना सङ्क्रमणबाट ज्यान गएसँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या आठ हजार नौ सय १८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे