दाङका कानुन व्यावसायीद्धारा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द



दाङका कानुन व्यावसायीद्धारा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द

दाङ ११ असार । दाङमा कानुन व्यावसायीले कोरोना विरुद्ध खोपको व्यवस्था नहुँदासम्म न्याय सम्पादन गर्न नसक्ने बताएका छन् । न्याय सम्पादनको अग्रपंक्तिमा खटिने राज्यको तेस्रो अंगको रुपमा रहेको कानुन व्यवसायीप्रति राज्य उदासिन बनेको भन्दै उनीहरुले खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका छन् ।

उच्च अदालत तुलसीपुरले गत जेठ १० मा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) लाई खोपको व्यवस्था गर्नु भनि परामादेश भएपनि अहिलेसम्म मागप्रति कुनै सुनुवाई नभएको उनिहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे