पछिल्लाे २४ घण्टामा थप ६६३६ संक्रमण मुक्त, ३४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि



पछिल्लाे २४ घण्टामा थप ६६३६ संक्रमण मुक्त, ३४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ २३ जेठ । पछिल्नो समयमा नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार भन्दा तल झरेको छ । वितेको २४ घण्टामा ६ हजार ६ सय ३६ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार दुई सय १७ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

परीक्षण गरिएका नमुनामध्ये २८ दशमलव ९ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्राप्त विवरणअनुसार थप ९९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार आठ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे