दाङमा आईतबार पनि कोरोनाबाट संक्रमण पुष्टि हुने र संक्रमण मुक्त हुने बराबर



दाङमा आईतबार पनि कोरोनाबाट संक्रमण पुष्टि हुने र  संक्रमण मुक्त हुने बराबर

दाङ २३ जेठ । दाङमा आज (आईतबार) पनि कोरोनाबाट निको हुने र थपिनेको संख्या उस्ता–उस्तै देखिएको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउसो ३ बजे दिएको जानकारी अनुसार जिल्लामा ३३ जनामा संक्रमण देखिदा ३० जना संक्रमणमुक्त भएका छन् ।

बितको २४ घण्टामा १ सय ९ जनामा परिक्षण गर्दा १९ महिला र १४ पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ ।
आज थपिएका ३३ जना सहित जिल्लामा बैशाख यता संक्रमित हुनेको संख्या ७ हजार ३ सय २४ रहेको छ । अहिले जिल्लाका अधिकांश संक्रमित होमआईशोलेसनमा बसेका छन् ।

जसमा ४ सय ५७ जना होमआईशोलेसनमा १ सय ३६ जना संस्थागत आईशोलेसनमा उपचाररत रहेको केन्द्रले जनाएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ५ सय ९३ मा झरेको छ । त्यस्तै आज निको भएका ३० जना संगै जिल्लामा बैशाख यता निको हुनेको संख्या ६५ सय ४२ पुगेको केन्द्रले जनाएको छ ।

त्यस्तै दाङमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले दिएको दिउसो ३ बजे सम्मको विवरण अनुसार मृत्युु हुुनेमा दुई पुरुष र एक महिला रहेका छन ।

कोरोना विषेश अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका वडा नम्बर ७ की ४८ वर्षिय महिला र बबई गाउँपालिका वडा नम्बर ३ का ५४ वर्षिय पुरुषको मृत्युभएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिका १५ का ५३ वर्षिय पुरुषको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको केन्द्रले जनाएको छ । योसँगै बैशाखयता जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८८ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे