जनमाेर्चाका नेता कृष्ण थापाको प्रदेश सभा सदस्य पद पुनर्बहाली गर्न सर्वोच्चको आदेश



जनमाेर्चाका नेता कृष्ण थापाको प्रदेश सभा सदस्य पद पुनर्बहाली गर्न सर्वोच्चको आदेश

काठमाण्डाै २३ जेठ । राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापालाई प्रदेश सभा सदस्य पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । पार्टीको निर्देशन नमानेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्यता र गण्डकी प्रदेश सभा सदस्य पदबाटै हटाएको थियो ।

पार्टीको निर्णयको विरुद्धमा थापा सर्वोच्च गएका थिए । आज न्यायाधीश कुमाल चुडालको इजलासले थापालाई पार्टीले राजनीतिक दलसम्बन्धी कानुन र व्यावहारिक कारणले पदबाट हटाउन नसक्ने भएकाले पुनर्बहाली गर्न आदेश दिएको हो ।

गण्डकी प्रदेशमा पार्टीको निर्णयलाई अटेर गरेर नयाँ सरकार बनाउन साथ नदिएको भन्दै थापालाई जनमोर्चाले प्रदेशसभा सदस्यबाट हटाएको थियो । जनमोर्चाका कृष्ण थापाले साथ नदिँदा गण्डकीमा एमाले र माओवादीले एमालेको तर्फबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बन्न सकेकाे थिएन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे