काेराेना पत्ता लगाउन राप्ती गाउँपालिकाले वडा स्तरमै एन्टिजेन परिक्षण गर्दै



काेराेना पत्ता लगाउन राप्ती गाउँपालिकाले वडा स्तरमै एन्टिजेन परिक्षण गर्दै

भालुवाङ २३ जेठ । कोरोना संक्रमण सामुदायिक स्तरमा बढे सँगै राप्ती गाउँपालिकाले पनि कोरोना परिक्षणको दायरा बढाएको छ । दाङका दश वटै पालिकामा कोरोना परिक्षण गर्नका लागी एन्टिजेन किट पठाए सँगै राप्ती गाउँपालिकाले पनि कार्यतालिका बनाएर एन्टिजेन विधिबाट कोरोना परिक्षण सुरु गरेको छ ।जस अनुसार लालमटिया स्वास्थ्य चौकीमा सार्वजनिक बिदा बाहेक हरेक दिन साँझ ४ बजे देखि बेलुका ५ बजे सम्म, सिसहनिया स्वास्थ्य चौकीमा सार्वजनिक बिदा बाहेक हरेक दिन आवश्यकताको आधारमा बिहान ८ बजे देखि ९.३० बजे सम्म मसुरिया खोप केन्द्रमा जेठ २३ गते बिहान ८ बजे देखि १० बजे सम्म, लालमाटिया आधारभूत स्वास्थ्य केन्द्रमा जेठ २४ गते बिहान ८ बजे देखि ९ बजे सम्म, खुरूरिया आधारभूत स्वास्थ्य केन्द्रमा जेठ २५ गते बिहान ८ बजे देखि ९ बजे सम्म, पत्थरगढवा सामुदािक स्वास्थ्य इकाई केन्द्रमा जेठ २४ गते बेलुका ४ बजे देखि ५ बजे सम्म र मौरीघाट सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा जेठ २५ गते बेलुका ४ बजे देखि ५ बजे सम्म परिक्षण हुने बताइएको छ ।

समुदाय स्तरमै कोरोना भए नभएको पत्ता लगाउनका लागि एन्टिजेन विधि मार्फत कोरोना परिक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
जिल्लाका सवै पालिकामा एन्टिजेन विधि मार्फत नमुना परिक्षण गर्ने कार्य तिव्र गतिमा अघि बढेको कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

उनका अनुसार घोराही र तुलसीपुर उपमहानगरपालिकालाई चार चार हजारका दरले एन्टिजेन किट उपलब्ध गराईएको छ । यस्तै गरी लमही नगरपालिकालाई तिन हजार र सात वटै गाउँपालिकामा पन्ध्र सयका दरले किट पठाईएको उनले जानकारी दिए । कोरोना संक्रमणको शंंस्कास्पद लक्षण देखिएका नागरिकहरुको एन्टिजेन परिक्षण मार्फत पनि कोरोना संक्रमण भए नभएको बारेमा सहजै पत्ता लगाउन सकिने उनले बताए ।

यसरी समुदाय स्तरमै एन्टिजेन विधि मार्फत कोरोना परिक्षण गर्दा शंस्कापद व्यक्तिमा संक्रमण पुष्टि भएमा सुरक्षित स्थानमा राख्न सकिने, कन्ट्याक्ट ट्रेसिङ गर्न सहज हुने र कोरोना संक्रमण फैलिन खतरा पनि कम हुने उनले बताए । जिल्लाका पालिकाहरुमा अहिले समुदाय स्तरमै कोरोना परिक्षण कार्यलाई मातहतका स्वास्थ्य संस्था मार्फत गाउँगाउँमा कोरोना परिक्षण भईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे