देशैभर पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि, थप १०१ जनाको मृत्यु



देशैभर पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि, थप १०१ जनाको मृत्यु

काठमाडौं १९ जेठ । देशैभर पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ पिसीआर परीक्षण गर्दा ४ हजार ५ सय २४ र ३ हजार ७३ एन्टिजेन परीक्षण गर्दा ७९२ गरि कुल ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय १ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ५ सय ४६ जना पुगेको छ । मन्त्रालयका अनुसार बुधबार (आज) थप ७ हजार २ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना पुगेको छ । यस्तै १ लाख १ हजार ९ सय ९३ जना कोरोना संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे