दाङमा आज काेराेना संक्रमणबाट कसैकाे मृत्यु भएन, थप १ सय ३४ जना संक्रमण मुक्त



दाङमा आज काेराेना संक्रमणबाट कसैकाे मृत्यु भएन, थप १ सय ३४ जना संक्रमण मुक्त

दाङ १९ जेठ । दाङमा आज (बुधबार) बितेको २४ घण्टामा दाङमा कसैको  मृत्यु भएको छैन । बैशाखदेखि अहिले सम्म १ सय ८० जनाको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै दाङमा थप १ सय ३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ८ पालिकाका १ सय ३४ जना संक्रमणमुक्त भएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले जनाएको छ । थप कोरोनामुक्त हुनेमा तुलसीपुरका ५८, घोराहीका ४८, लमहीका १४, शान्तिगरका ३, दंगिशरणका ५ जना रहेका छन् । त्यसैगरी राप्तीका ४, बंगलाचुली र बबईका १/१ जना रहका छन् ।  बैशाखयता जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ७५ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ६ हजार २ सय १६ पुगेको छ ।

यस्तै बितको २४ घण्टामा थप ५१ जनामा संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा १ सय २० जनाको पिसिआर परिक्षण गर्दा ४० जनाको पोजेटिभ देखिएको हो । त्यस्तै २३ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

थप संक्रमण हुनेमा तुलसीपुरका २४, घोराहीका १५, लमही र बबईका ३/३ जना, राजपुरका २, गढवा, शान्तिनगरका १/१ जना रहेका छन् । थप ३८ जनामा संक्रमण देखिएसँगै बैशाखयता जिल्लामा ७ हजार १ सय ७१ जनामा संक्रमण देखिएको केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे