मेराे जितले एकता के हो भन्ने स्पष्ट देखाइदियाे : पाण्डेय



मेराे जितले एकता के हो भन्ने स्पष्ट देखाइदियाे : पाण्डेय

दाङ १७ जेठ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेयले आफ्नो जित राष्ट्रिय एकताको जित भएको बताएका छन् । दाङको घोराहीमा सोमवार भएको चुनावको  परिणामपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो जित लोकतन्त्र पक्षधरहरूको जित भएको बताए ।

आफ्नो जितले तलदेखि माथिसम्म एकता के हो भन्ने स्पष्ट देखाइदिएको नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बताए । सरकारलाई आफूहरुको एकतालाई कम नआँक्न र अहिलेको अवस्था बुझेर काम गर्न उनले आग्रह गरे । सदनमा अब आफूले सङ्घीयता  गणतन्त्रका विषयलाई जोडतोडका साथ उठाउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा त्यसका क्रममा उनले सबैको प्रयासबाट जितेको र जल्दाबल्दा सवाल सदनमा बुलन्द रुपमा उठाउने बताए  ।

मतदातालाई धन्यवाद दिँदै उनले यो लोकतन्त्र पक्षधरको जित भएको भन्दै आफ्नो जितले लोकतन्त्र अझ बलियो बनाउन मद्दत पुग्ने बताए । अब आफूले गणतन्त्र र सङ्घीयतासँगै ओझेलमा परेका विषयवस्तुलाई राष्ट्रिय सभामा जोडतोडले उठाउने प्रतिबद्धता व्यक्त गरे । मत परिणाम घोषणासँगै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नवनिर्वाचित सदस्य पाण्डेयलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा आज भएको चुनावमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका हुन् । उनले ४ हजार १ सय ४० मतभार ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मतभार ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे