सिरहामा रक्सी चाेरेकाे फाेटाे सामाजिक सञ्जालमा सार्वजनिक, असई सहित तीन प्रहरी निलम्बित



सिरहामा रक्सी चाेरेकाे फाेटाे सामाजिक सञ्जालमा सार्वजनिक, असई सहित तीन प्रहरी निलम्बित

सिरहा १७ जेठ । प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) सहित तीन प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ ।

निषेधाज्ञाको समयमा लहान नगरपालिका २३ गढिया चोकमा रहेकाे पूजा मदिरा पसलमा हो–हल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला त्याे मदिरा पसलबाट प्रहरीले रक्सी चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनै जना प्रहरीलाई निलम्बन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शालिग्राम शर्माका अनुसार त्यहाँ काममा खटिएका प्रहरी सहायक निरीक्षक नबलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरिएको छ ।

प्रहरीका आचरण विपरीत कार्य गरेको पाइएकाले प्रहरी नियमावली २०७१ बमोजिम तीनै जनालाई निलम्बन गरी थप अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे