बितेको २४ घण्टामा दाङमा थप ४३ जनामा काेराेना संक्रमण पुष्टि, ७ जना संक्रमतिको मृत्यु



बितेको २४ घण्टामा दाङमा थप ४३ जनामा काेराेना संक्रमण पुष्टि, ७ जना संक्रमतिको मृत्यु

दाङ १७ जेठ । बितेको २४ घण्टामा ४३ जना नयाँ संक्रमित थपिएका छन् । १ सय जनाको परिक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको हो । थप संक्रमण हुनेमा घोराहीका २० जना, तुलसीपुरका १५ जना, बबईका ३ जना, राप्तीका २ जना र लमही, शान्तिनगर र दंगिशरणका १ / १ जना रहेका छन् ।

जिल्लामा बैशाखयता अहिलेसम्म ७ हजार ८२ मा संक्रमण देखिएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ६१ जना रहेका छन् । यस्तै बितेका २४ घण्टामा थप ७८ जना संक्रमित निको भएका छन् । बैशाखयता अहिलेसम्म ५ हजार ८ सय ४४ जना निको भएका छन् ।

दाङमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा दाङ र बाँकेमा उपचारको क्रममा ७ जनाको मृत्यु भएको हो । पछिल्लो एक साताका संक्रमितको मृत्युदर कमी भएपनि आज फेरि बढेको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेमा घोराही–७ का ३८ वर्षका पुरुष, घोराही–१४ का ३८ वर्षिय महिला, घोराही–१५ की ६३ महिला रहेका छन् ।

त्यसैगरी तुलसीपुर–९ का ८५ वर्षिय महिला, तुलसीपुर–१२ का ५२ वर्षिय महिला र लमही–२ का ३८ वर्षिय पुरुष पनि संक्रमणबाट मृत्यु भएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका–७ का ८३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । बैशाखयता अहिलेसम्म जिल्लामा कोरोना संक्रमणबाट १ सय ७७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे