पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा सङ्क्रमण पुष्टि, थप १ सय १४ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा सङ्क्रमण पुष्टि, थप १ सय १४ जनाको मृत्यु

काठमाण्डाै १७ जेठ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार १ सय ७८ जना र २ हजार ४ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ८४ जनामा सङ्क्रमण देखिएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५ लाख ६१ हजार ३ सय दुई पुगेको छ ।

यस्तै  नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप १ सय १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा र यसअघिका विवरणसहित १ सय १४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ३ सय ८६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जना निको भएसँगै निको हुनेको सङ्ख्या ४ लाख ४७ हजार चार सय ४६ पुगेको छ । अहिले नेपालमा १ लाख ६ हजार ४ सय ७० जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे