लुम्बिनीमा भएको राष्ट्रिय सभा उपचुनावमा कांग्रेस उम्मेदवार पाण्डेय विजयी



लुम्बिनीमा भएको राष्ट्रिय सभा उपचुनावमा कांग्रेस उम्मेदवार पाण्डेय विजयी

दाङ १७ जेठ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपचुनावमा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार द्रीघनारायण पाण्डेय विजयी भएका छन् । विजयी पाण्डेयले ४ हजार १ सय ४० मत ल्याए भने चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत ल्याए । कुल तीन सय मतदाता रहेकोमा चार मत खसेको थिएन ।

केही बेरअघि दाङको घोराहीमा मुख्य निर्वाचन अधिकृतले पाण्डेय विजयी भएको घोषणा गर्दै प्रमाणपत्र वितरण गरेका थिए । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा चुनाव भएकाे हो । चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो । उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन रहेको थियाे ।

विपक्षी गठबन्धनले कपिलवस्तुका द्रीघनारायण पाण्डेयलाई उम्मेदवार बनाएको हाे । उनले भर्खरैमात्र प्रदेशसभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । पाण्डेयलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे