प्रतिष्ठित उद्योगी ज्ञानु केसीद्धारा कोरोना बिरामीका लागि ५१ हजार नगद सहयोग



प्रतिष्ठित उद्योगी ज्ञानु केसीद्धारा कोरोना बिरामीका लागि ५१ हजार नगद सहयोग

भालुवाङ १६ जेठ । देउखुरीको राप्ती गाउँपालिका—३ बागढडी मसुरिया निवासी प्रतिष्ठित उद्योगीपति ज्ञानु केसीले कोरोना संक्रमित बिरामीहरुको औषधी उपचारका लागि नगद ५१ हजार सहयोग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीले संचालन गरेको कोभिड विशेष कार्यक्रमलाई सफल बनाउन केसीले नगद ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका कृयाशिल सदस्य, वाइसियल राप्ती गाउँपालिका उपाध्यक्ष, युवा नेता तथा सामाजिक अभियन्ता समेत रहेका उद्योगपति केसीले कुनैपनि कोरोना संक्रमित बिरामी आर्थिक अभाव वा औषधी उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपोस् भन्दै व्यक्तिगत खर्च कटाएर उक्त रकम सहयोग बताए ।

कोरोना संक्रमित बिरामीहरु पछिल्लो समय औषधी उपचार र अक्सिजन नपाएर ज्यान गइरहेकोले थप संक्रमितहरुको ज्यान बचाउन मैले यो सानो रकम सहयोग गरेको हुँ केसीले देउखुरी टुडेलाई भने । उनले आवश्यक परे अरु पनि सहयोग गर्ने बताएका छन् । उद्योगपति केसीले उक्त रकम पार्टीका राप्ती गाउँपालिका संगठन कमिटी अध्यक्ष धर्मराज अधिकारीलाई प्रदान गरेका छन् ।

पार्टीले केहीदिन यता कोभिड विशेष कार्यक्रमको नाम नै दिएर आर्थिक संकलन अभियान शुरु गरेको पार्टीका प्रबक्ता तुला गिरीले जानकारी दिएका छन् । अहिले सम्म सबैभन्दा धेरै नगद आर्थिक गर्ने उद्योगपति केसी रहेको समेत प्रवक्ता गिरीले बताए ।  पार्टीले आफ्नो गाउँपालिका भित्र रहेका पार्टीका कार्यकर्ता, शुभचिन्तक, उद्योगी, व्यापारीहरुबाट स्वच्छिक आर्थिक संकलन अभियान संचालन गरिरहेको प्रवक्ता गिरीले बताए । अहिले सम्म कार्यकर्ता, शुभचिन्तक, उद्योगी, व्यापारीहरु गरी १२ जनाबाट ९२ हजार ५ सय ५ रुपैयाँ नगद संकलन भइसकेको पार्टीका आर्थिक संयोजक बसन्त नेपालीले जानकारी दिए ।

संकलित उक्त रकमबाट राप्ती गाउँपालिकाले सिसहनियाँ स्वास्थ्य चोकीमा संचालन गरेको अस्थाई कोरोना बिशेष अस्पताललाई आवश्यक औषधी, अक्सिजन सहित स्वास्थ्य सामाग्री प्रदान गरिने पार्टीका राप्ती गाउँपालिका संगठन कमिटी अध्यक्ष धर्मराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे