निर्माण मजदुर संघका जिल्ला सदस्य स्वर्गीय कालीरामको परिवारलाई नगद ५० हजार राहत सहयोग



निर्माण मजदुर संघका जिल्ला सदस्य स्वर्गीय कालीरामको परिवारलाई नगद ५० हजार राहत सहयोग

देउखुरी १६ जेठ । अखिल नेपाल निर्माण मजदुर संघ जिल्ला कार्यसमिती दाङले आफ्नाे स्वर्गीय जिल्ला सदस्य कालीराम चाैधरीकाे परिवारलाइ आइतवार नगद राहत रकम प्रदान गरेको छ । देउखुरीकाे लमही नगरपालिका वडा नम्बर २ सोनपुर स्थित स्वर्गीय मजदुर संघका जिल्ला सदस्य कालीराम चौधरीको घरमै पुगी नगद ५० हजार राहत रकम प्रदान गरेको हाे ।

अखिल नेपाल निर्माण मजदुर संघ जिल्ला अध्यक्ष मिट्ठुलाल चौधरी, सचिव कान्छा चौधरी, कोषाध्यक्ष बलिराम चौधरी, सदस्य कमलसिंह चौधरी, रामप्रसाद चौधरी, रितु चौधरी, क्षेत्रपाल चौधरी, हरिबहादुर मल्ल र पत्रकार सन्तोषकुमार गुप्ता सहितको टोली आइतबार स्वर्गीय चौधरीको घर पुगि उक्त राहत रकम प्रदान गरेको छ । राहत रकम संघका जिल्ला अध्यक्ष मिट्ठुलाल चौधरीले मृतक कालीरामका जेठो छोरोलाई प्रदान गरेका थिए ।

चौधरीले गत जेठ ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गई पिसीआर परिक्षण गराएका थिए तर परिक्षणको रिपोर्ट भने जेष्ठ ८ गते कोरोना संक्रमण पोजेटिभ आएको थियो । त्यसपछि चौधरीलाई सोही दिन थप उपचारका लागि चितवन लगिएकोमा सोही दिन नै दिउँसो करिब २ बजेको समयमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक चौधरीको एक श्रीमती, दुई छोरा, एक बुहारी र एक नातिनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे